एमाले वर्तमान चुनौतिहरुप्रति गम्भीर हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

संवाददाता
३ जेष्ठ २०८३, आईतवार १४:००

३ जेठ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतिहरुप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
आईतवार काठमाडौंको बल्खुस्थित मदननगरमा आयोजित ३३ औं मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले एमालेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न पनि आवश्यक रहेको बताउनु भयो ।
उहाँले एमालेमा यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरु उठने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखि कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको पनि बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गराउँदै अव जनताको सेवाभावमा बढि केन्द्रित हुनुपर्ने बताउनु भयो । जनमुखि कार्यशैली, आत्म अनुशासन र सेवाभावका साथ अघि बढे मात्रै राजनीतिक दलहरुको शक्ति बलियो हुने उहाँको भनाई थियो ।
पूर्वराष्ट्रपति भण्डारीले जनताको सुखदुखमा साथ दिन र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा पनि सक्रिय हुन एमाले नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*