पत्रकार महासंघ मकवानपुर र गोरखा शाखाबीच छलफल

संवाददाता
१० जेष्ठ २०८३, आईतवार १८:१०

१० जेठ, हेटौँडा । नेपाल पत्रकार महासंघको मकवानपुर शाखा र गोरखा शाखाबीच आइतबार छलफल भएको छ ।
गोरखा नगरपालिकाको सहयोगमा पर्यटन प्रवद्र्धनका लागि पूर्वी जिल्लाको भ्रमणमा रहेको गोरखाको टोलीले मकवानपुरमा छलफल गरेको हो । नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा दुवै जिल्लाका पत्रकार महासंघका अध्यक्ष, गोरखा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मकवानपुर जिल्लाका अध्यक्ष बालकृष्ण अधिकारी र गोरखा जिल्लाका नरेन्द्र ढकालले आ–आफ्नो जिल्लामा महासंघमार्फत सञ्चालन भएका असल अभ्यास, कार्यक्रम तथा आगामी योजना सहित अनुभव आदानप्रदान गर्नुभएको थियो । छलफल कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर रानामगर र उपप्रमुख मसली माया थोकरले गोरखामा पर्यटन प्रवद्र्धनका लागि पालिकाले गरिरहेका गतिविधि, सञ्चार माध्यम तथा पत्रकारलाई उपलब्ध गराउँदै आएको सहयोगका विषयमा धारणा राख्नुभएको थियो ।
आफूहरुको कार्यकाल सञ्चारमैत्री बनाउने तर्फ लागिरहेको उहाँहरुको भनाई रहेको छ । त्यसैगरी, गाृरखाका प्रशासकीय अधिकृत विजयभक्त उपाध्यायले गोरखाका पर्यटकीय स्थल समेटेर प्रकाशन गरिएको पुस्तक मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा दुवै जिल्लाबीच पर्यटन, सञ्चार र अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*