उद्योग मन्त्री यादवद्वारा हेटौँडा सिमेन्टको अनुगमन

संवाददाता
१० जेष्ठ २०८३, आईतवार १८:११

१० जेठ, हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादबले हेटौँडा सिमेन्ट उद्योगको आईतबार स्थलगत अनुगमन गर्नुभएको छ ।
हाल बन्द अवस्थामा रहेको उद्योग बन्द हुनुको कारणबारे मन्त्री यादबले उद्योगका कर्मचारी र ब्यवस्थापन टिमबाट जानकारी लिनुभयो । उद्योगका महाप्रबन्धक शिबनारायण साह र नायब महाप्रबन्धक प्रशासन भक्तीराम श्रेष्ठले उद्योगको अवस्थाको बारेमा मन्त्रीलाई जानकारी गराउनुभयो । कच्चा पदार्थ कोईलाको अभाव भएको र मर्मत कार्य समेत बाँकी रहेका कारण हाल हेटौँडा सिमेन्ट उद्योग बन्द अवस्थामा रहेको छ ।
उद्योगले कच्चा पदार्थ कोईला आयात गर्दा भुक्तानी दिन बाँकी रहेको ३२ करोड रुपैयाँ हालसम्म भुक्तानी दिन सकेको छैन । उद्योग बिरुद्ध सप्लायर्स कम्पनीले अदालतमा मुद्दा दिएका कारण उद्योगको खाता अदालतको आदेश अनुसार रोक्का रहेको उद्योग ब्यवस्थापनले मन्त्री यादबलाई जानकारी गराएको थियो ।
हेटौँडा सिमेन्ट उद्योगका एकसय ३४ जना कर्मचारीहरुले एक वर्षदेखि तलब सुबिधा पाएका छैनन् । सेवा निबृत्त ७७ जना कर्मचारीहरुको उपदान औषधि उपचार लगायतका रकम समेत गरी ६५ करोड भुक्तानी गर्न अवकास प्राप्त पीडीत कर्मचारी संघर्ष समितिले मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ । लगातार बन्द अबस्थामा रहेको उद्योगको आर्थिक दायित्व एक अर्ब नाघी सकेकोछ । मन्त्री यादबले उद्योगका कर्मचारी र ब्यवस्थापन टिमसंग जानकारी लिई उद्योगको समस्या समाधान गर्न पहल गर्ने सञ्चार माध्यममा तत्काल केही प्रतिक्रिया भने नदीने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*