औषधिको समुचित प्रयोग तथा दुरुपयोग नियन्त्रण सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

संवाददाता
१० जेष्ठ २०८३, आईतवार १९:०६

१० जेठ, हेटौँडा । मकवानपुरमा औषधिको समुचित प्रयोग, कुशल औषधि बिक्री–वितरण अभ्यास तथा औषधि दुरुपयोग नियन्त्रण सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा मकवानपुरको आयोजनामा भएको कार्यक्रममा औषधि व्यवस्था विभागले प्राविधिक सहयोग गरेको थियो थियो । कार्यक्रममा औषधि सुरक्षित तरिकाले सेवाग्राहीसम्म कसरी पु¥याउने, ‘गुड फार्मेसी प्राक्टिस’को पालनासहित व्यवसायिक मूल्य र मान्यतालाई कायम राखेर व्यवसाय सञ्चालन गर्नुपर्ने विषयमा जोड दिइएको थियो । औषधि जीवन प्रदान गर्ने वस्तु भएकाले यसको दुरुपयोग भए जीवन नै जोखिममा पर्ने भन्दै औषधिलाई “विष नभई अमृत” बनाउने गरी जिम्मेवार व्यवसाय गर्न आग्रह गरिएको थियो ।
कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी निरिक्षक राजेश कुमार वर्तौलाले मकवानपुरमा लागुऔषध प्रयोगकर्ता बढ्दै गएको वताउनुभयो । आर्थिक वर्ष २०७९÷८० मा १ सय ५३, त्यसपछि आर्थिक वर्ष ८०÷८१ मा १ सय ५८ र १ सय ८२ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका थिए भने चालु आर्थिक वर्षको हाल सम्म १७० वटा मुद्दा दर्ता भइसकेका छन् । अधिकांश थुनुवा लागुऔषध सम्बन्धी मुद्दाका रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक बर्तौलाले लागुऔषध नियन्त्रण प्रहरीको मात्रै प्रयासले सम्भव नहुने भन्दै बिना वर्दीका नागरिक र वर्दीधारी प्रहरीबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक सम्भु शाहले औषधि व्यवसाय व्यापारका लागि मात्रै नभई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको भन्दै व्यवसायिक मर्यादा कायम राख्न आग्रह गर्नुभयो । यो ब्यवसायका सञ्चालकहरुले राज्यका ऐन कानून पालना गनुृपर्ने भन्दै यसका लागि ब्यवसायीहरुलाई सचेतना दिन लागिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले औषधि ब्यवसायी संघले आफ्नो पेशालाई ब्यवस्थित पार्ने प्रकृयामा सहकार्य गर्ने बताउनुभयो । उहाँले जिम्मेवार र उत्तरदायित्व पुर्वक ब्यवसाय गर्न औषधि व्यवसायीहरुलाई आग्रह गर्नुभयो । औषधि ब्यवसायी संघ मकवानपुरका अध्यक्ष बिष्णु थापाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाका औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*