प्रमुख सचिवले मन्त्रीपरिषद् बैठकको निर्णय प्रमाणिकरण नगर्दा कार्यान्वयनमा समस्या

१६ वटा आयोजना प्रदेश गौरवको आयोजनाको रुपमा अघि बढ्न सकेन
संवाददाता
१५ बैशाख २०८३, मंगलवार १८:२५

१५ वैशाख, हेटौँडा । बागमती प्रदेशको मन्त्री परिषदको बैठकले निर्णय गरेका विषयलाई प्रमुख सचिबले प्रमाणिकरण गर्न नमान्दा बैठकको निर्णय कार्यान्वयनमा समस्या भएको छ ।
गत पौष ३० गते बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकका निर्णय कार्यान्वयनमा आउन सकेन । मन्त्री परिषद बैठकले प्रदेश गौरवका आयोजनाका रुपमा १६ वटा आयोजनालाई अगाडी बढाउने निर्णय गरेको थियो ।
सो निर्णय प्रदेशका प्रमुख सचिव बाबूराम अधिकारीले प्रमाणीकरण गर्न नमान्दा कार्यान्वयनमा आउनै सकेन । प्रमुख सचिवले प्रमाणीकरण नगरेको कारण निर्णय कायान्वयनमा आउन नसकेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।
विभिन्न मन्त्रालयहरुको प्रस्तावमा प्रदेश गौरवका आयोजनाहरु बैठकबाट पारित गरिएको थियो । प्रदेश गौरव आयोजनाका छनौट मापदण्ड र सार्वजनिक ठेक्का सम्बन्धि मापदण्डका व्यवस्था अनुसार कम विनियोजन भएका आयोजनालाई पनि प्रदेश गौरवका आयोजनाका रुपमा लाने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*