एम.आर.भि कार्यान्वयनका लागि एक दिने गोष्ठि सम्पन्न

संवाददाता
२८ चैत्र २०८१, शुक्रबार १८:२२

२९ चैत्र, हेटौँडा । जलवायू परिवर्तन मापन, रिपोर्टिङ, प्रतिवेदन प्रमाणिकरण प्रणाली एम.आर.भि कार्यान्वयनका लागि एक दिने गोष्ठि सम्पन्न भएको छ ।
अल्पाइन कन्सल्टेन्सीसँगको समन्वयमा वन तथा वातावरण मन्त्रालयले प्रदेश स्तरीय गोष्ठि आयोजना गरेको हो । कार्यक्रममा कृषि, वन, उर्जा, उद्योग, फोहोर व्यवस्थापनका क्षेत्रका तथ्यांकलाई एकीकृत व्यवस्थापन गर्नका लागि एमआरभि प्रणाली आवश्यक रहेको बताइएको थियो । बागमती प्रदेशका मन्त्रालय र यस मातहतका कार्यालयमा वातावरण मापन, प्रतिवेदन र प्रमाणीकरण प्रणाली कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
कार्यक्रममा एमआरभि प्रणालीलाई सुदुढ बनाउने रणनीतिहरुबारे छलफल गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा नेपालमा एमआरभी प्रणालीको अवस्थाबारेमा डाक्टर सुदिप ठकुरीले प्रस्तूतीकरण राख्नुभएको थियो भने दोस्रो सत्रमा एमआरभीको प्रमुख चार क्षेत्रका विषयमा विज्ञ सहित समूहगत रुपमा छलफल गरिएको थियो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका प्रतिनिधी, बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव, प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि, वन वातावरण तथा जलवायु क्षेत्रका विज्ञ, नागरिक समाज, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*