महायज्ञमा ४ करोड ८ लाख रकम संकलन

संवाददाता
२९ चैत्र २०८१, शनिबार १८:४४

३० चैत्र , हेटौँडा । हेटौंडा ९ स्थित मानव सेवा आश्रममा चैत्र १७ गते देखि २४ गते सम्म सञ्चालन भएको श्रीमत भागवत ज्ञान महायज्ञमा ४ करोड भन्दा बढी रकम संकलन भएको छ ।
शनिवार मानव सेवा आश्रमले पत्रकार सम्मेलनको आयोजना गर्दै ४ करोड ८ लाख ९५ हजार ५ सय ८७ रुपैंया संकलन भएको जानकारी दिइएको हो । महायज्ञमा नगद , चेक र क्युआरबाट १ करोड १७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ रकम संकलन भएको र प्रतिबद्वता रकम २ करोड ८७ लाख ६२ हजार १ सय २३ रुपैयाँ रहेको सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।
यस्तै सरकारी निकाय, स्थानिय वडा र पालिकाबाट २ करोड ३५ लाख ८७ हजार ३ सय ६६ रुपैयाँ, नारायणी यातायात व्यवसायी सहितका संघ संस्थाहरूबाट १८ लाख ५५ हजार ४ सय ७ रुपैयाँ, र व्यक्तिगतबाट २९ लाख १९ हजार ५० रुपैयाँ प्रतिबद्धता रकम रहेको सचिव पौडेलले बताउनुभयो ।
प्रतिबद्धता रकम मध्ये ७ लाख २५ हजार ७ सय २ रुपैंया संकलन भएको उहाँले बताउनुभयो । त्यसैगरी जिन्सि बराबरको ३ लाख ३१ हजार ६ सय ६१ रुपैयाँ संकलन भएको छ । पत्रकार सम्मेलनमा यसै गरी मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले महायज्ञले मानवता प्रबद्र्धनमा ठुलो टेवा पुगेको बताउनुभयो ।
मानव सेवा आश्रमले १० करोडको अक्षयकोष बनाउने योजना बनाईएको जनाएको छ । महायज्ञ मुल आयोजक संयोजक बद्रिनाथ शर्माको सभा अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मानव सेवा आश्रमका प्रतिनिधि, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*