चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनका ठेकेदारलाई कारवाही गर्न माग

संवाददाता
२९ चैत्र २०८१, शनिबार १८:४६

३० चैत्र, हेटौँडा । काठमाडौं तराई दु्रतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाका चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनका ठेकेदारलाई कारवाही गर्न माग गरिएको छ ।
नेपाल मेसिनरी एक्जिम कम्पनी, नेपाल फास्ट ट्रयाक इन्फ्रा कन्सर्न र नेपाल मेसिनरी इन्टरप्राइजेज कम्पनीले सयुक्त रुपमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै ७ करोड ब्याज हर्जाना सहित भुक्तानी पाउनुपर्ने बताएका छन् । कम्पनीले आयोजनाको लागि फलाम जन्य समाग्रि वितरण गर्दै आएको थियो ।
चिनिया कम्पनीले बारम्बार बहाना बनाई विभिन्न समस्या देखाउँदै लिखित आश्वासनलाई समेत अटेर गरेको पत्रकार सम्मेलनमा बताइएको छ । चिनिया कम्पनी संपूर्ण क्रियाकलाप ठग्ने र धोखा दिने नियतले प्रेरित भएकोे दाबी उनीहरुले गरेको छन् ।
ठेकेदार कम्पनीले नेपाल सरकारको सडक आयोजनाको नाममा नेपाली व्यापारीहरुलाई गलत आश्वासन दिई करोडौ ठगी गरी भाग्न सक्ने सम्भावना अत्यधिक हुनसक्ने भन्दै ठेकेदार कम्पनी लाई कालोसूची राख्न समेत माग गरेका छन् ।
चिनिया कम्पनीले मेसिनरी एक्जिम कम्पनीलाई ५१ लाख १९ हजार ७२७ रुपैयाँ, फास्ट ट्रयाक इन्फ्रा कन्सनलाई २ करोड ४६ लाख र मेसिनरी इन्टरप्राइजेज कम्पनीलाई ३ करोड ४१ लाख ३७ हजार रकम भुक्तानी गर्न बाकी रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*