चट्याङ लागेर मनहरीमा एकजनाको मृत्यु, २ जना घाइते

संवाददाता
३० चैत्र २०८१, आईतवार १७:०५

३१ चैत्र, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा आइतबार दिउँसो चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका वडा नं. ५ दरदरा बस्ने २८ वर्षीय अबिरल थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी चट्याङ लागेर अन्य २ जना घाइते भएका छन् ।
मृतकका बुवा ५६ वष्ािय सिंह बहादुर थिङ र १० को सौगात गोले घाइते भएका हुन् । घाइते दुबैलाई उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*