दशवटै स्थानीय तहमा पुग्यो भूमि समस्या समाधान आयोग

संवाददाता
४ बैशाख २०८२, बिहीबार १७:२६

४ वैशाख, हेटौँडा । भूमि समस्या समाधान आयोग मकवानपुरले आफ्नो अभियानलाई निरन्तरता दिइने क्रममा जिल्लाको दशवटै स्थानीय तहमा पुगेको छ ।
विहीवार मकवानपुरको भीमफेदी गाउापालिकामा एकदिने अझिमुखीकरण तथा अन्तरक्रिया कार्यत्रम गरेसागै दशवटै गाउापालिकाको आयोगको अभियान पुगेको हो । यसअघि आयोगले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बागमती, राक्सिराङ, इन्द्रसरोबर, मनहरी, बकैया, कैलाश र मकवानफुरगढी अन्तरक्रिया कार्यत्रम सञ्चालन गरिसकेको छ ।
भीमफेदी गाउापालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्ष र भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आथिथ्यता रहेको थियो । आयोग अध्यक्ष बलराम बलले गाउँपालिकाका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखेर पहिचान र प्रमाणिकरण भइसकेको फाइलहरु आयोगको कार्यालयमा पठाएको ४०–५० दिनसम्ममा लालपूर्जा बितरण गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष लामाले भूमिहिन दलित र सुकुम्बासीको पहिचान र प्रमाणीकरण गरी ९ वटै वडाबाट प्राप्त फाइल हरु कम्प्युटरमा प्रबिष्ष्ट गर्ने कार्य भइरहेको बताउनुभयो ।
आयोग मकवानपुरका सदस्य कविन सांगामीका अनुसार भीमफेदीका नौ वटै वडाबाट प्रमाणिकरण गरिएका फाइलहरुमा भूमिहीन दलित, सुकुम्बासी, र अव्यवस्थित गरी १२ सय परिवारको पहिचान भइसकेको छ ।
कार्यक्रममा आयोगकी महिला सदस्य डिलमाया घर्ती, आयोग विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेंल, नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर राना, ९ वटै वडाका अध्यक्ष, पालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*