युवा पलायतलाई रोक्नु आजको प्रमुख चुनौतीः मुख्यमन्त्री लामा

संवाददाता
२८ बैशाख २०८२, आईतवार १३:३५

२८ वैशाख, हेटौँडा । बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायतलाई रोक्नु आजको प्रमुख चुनौतीको रुपमा देखापरेको बताउनुभएको छ ।
प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आइतबारदेखि सुरु भएको प्रदेश युवा सम्मेलन २०८२ लाई उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवालाई रोजगारी र उत्पादनसंग आबद्ध गर्न प्रदेश सरकारले पर्याप्त मात्रामा लगानी गरिरहेको बताउनुभयो । मुख्यमन्त्री लामाले रोजगारीको नाममा धेरै युवाहरु विदेशी भुमिमा पसिना बगाउनुपरेको दृष्टान्त प्रस्तुत गर्दै ति युवाहरुले पठाएको रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र धानेको बताउनुभयो ।
स्वदेशमै रोजगारीको अवसर दिलाउन प्रदेश सरकारले कोसिस गरिरहेको समेत उहाँले दाबी गर्नुभयो । मुख्यमन्त्री लामाले प्रदेश सरकारले सञ्चालन गर्ने युवा लक्षित कार्यक्रमहरु युवाहरुको भावना र आवश्यकताको जगमा बनेको जिकिर गर्नुभयो । उत्पादन र रोजगारी बृद्धि गर्न कृषिमा आधुनिकीकरण र युवाको संलग्नता नै मुख्य सवाल भएको उहाँको भनाई छ ।


मुख्यमन्त्री लामाले युवाहरुको नेतृत्व विकास गरी शासकीय जिम्मेवारी बहन गर्न सक्षम बनाउनु आजको आवश्यकता भएको समेत उल्लेख गर्नुभयो । युवाहरुलाई नीति निर्माण र नेतृत्व तहमा आकर्षित गर्नु जरुरी भएको उहाँको भनाई छ । शासकीय संरचनाको केन्द्रमा युवाहरुलाई उचित स्थान दिएमात्रै नागरिकको विकास र समृद्धिको आकंक्षा पुरा हुने समेत उहाँले उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री लामाले प्रदेशको समग्र विकासमा युवा शक्तिको सहभागिता, संलग्नता, सहकार्य र साझेदारी अपरिहार्य रहेको बताउनुभयो । जनसांख्यीक लाभको अवसरलाई पुँजीगत गरी प्रदेशको आर्थिक समृद्धिमा युवाको योगदान सुनिश्चित्त गर्नुपर्ने उहाँको भनाई छ ।


आइतबार देखि सुरु भएको युवा सम्मेलनको बहस र छलफलको केन्द्रमा युवाको शिक्षा, सीप र रोजगारलाई राख्नुपर्ने समेत मुख्यमन्त्री लामाको जोड थियो । वैशाख ३० गतेसम्म चल्ने सम्मेलनमा ७ वटै प्रदेशका ३ सय भन्दा बढी युवाहरुको सहभागिता रहेको छ । सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठी आयोजना हुनेछन् । उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेषभुषा, साँस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित हेटौंडाको बुद्धचोकबाट ¥याली निकालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*