रामेछापमा सञ्चार माध्यमको भूमिकामाथि बहस
१८ जेठ, हेटौँडा । रामेछापमा सञ्चार माध्यमको भूमिकामाथि बहस गरिएको छ ।
प्रस सेन्टर बागमती प्रदेशले बर्तमान समयमा सञ्चार माध्यमको भूमिकका विषयमा रामेछाप जिल्लाका सञ्चारकर्मी तथा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको साझेदारीमा सन्चालित कार्यक्रमका सहभागिहरुले मिडियाको स्थायित्वका लागि तीनै तहको सरकार गम्भिर बन्नुपर्ने आवश्यकता औल्याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख प्रेम सागर थापले राज्य व्यवस्था परिवर्तनको प्रमुख संवाहकका रुपमा महत्पूर्ण भूमिका निर्वाह गरेका मिडिया अहिलेको अवस्थामा अझै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । राज्य व्यवथमाथि पछिल्लो समय आवाज उठिरहेको तर्फ संकेत गद मिडिया अभैm जिम्मेवार अझै सशक्त्त हुनुपर्ने उहाँको धारणा थियो । मिडियालाई आर्थिक रुपमा पनि सबल बनाउनका लागि तीनै तहका सरकार गम्भिर बन्नुपर्ने बताउनुभयो ।
पत्रकार महासंघका केन्द्रिय सदस्य नवराज पथिकले गुनासो मात्रै गरेर पत्रकारिता जोगिन नसक्ने अवस्था रहेको बताउँदै स्पष्ट एजेन्डा र नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो । यसका लागि सबैले पैरवी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । सहभागि अधिकांश सञ्चारकर्मीले राज्यले चौंथो अंगका रुपमा सञ्चार माध्यमलाई मान्यता दिएपनि व्यवहारमा अनुभूति हुन नसकेको बताएका थिए । मिडिया र सामाजिक सञ्जाल बिचको फरक बुझाउन नसक्दा धेरै मिडिया बन्द हुने अवस्थामा पुगेको प्रति चिन्ता समेत जनाइएको थियो ।
पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक प्रसाद घिमिरेले रामेछाप जिल्लामा सञ्चालित अधिकांश सञ्चार माध्यम बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । जिल्लामा रहेका १० वटा रेडियो मध्य ४ वटा बन्द भैसहेको, ३६ वटा पत्रिका मध्य ८ वटा मात्रै प्रकाशनमा रहेको बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाल, प्रेस युनियन, समाजवादी प्रस संगठन, फोनिज लगायतका संघ संगठनका जिल्ला तथा प्रदेश प्रतिनिधि, गैसस रामेछाप, उद्योग वाणिज्य संघ, आदीबासी जनजाती महासंघ लगायता प्रतिनिधिले धारणा राखेका थिए ।














