दुईदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

संवाददाता
२५ जेष्ठ २०८२, शनिबार २०:३६

२४ जेठ, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै दुईदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक बसन्त राईको अध्यक्षतामा सम्पन्न उक्त तालिममा करिब ३३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक राईले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक सीप विकासमा लगाउनु आजको आवश्यकता भएको बताउनुभयो । विद्यार्थीहरूमा फरकपन ल्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर राना (क्षितिज) ले विद्यालय सधैं शैक्षिक गुणस्तरसँगै व्यक्तित्व विकासमा समेत जोड दिइरहेको बताउनुभयो । विद्यार्थीहरूको बोलीको कला विकासका लागि यस्ता तालिम अत्यन्तै उपयोगी हुने उहाँको भनाई छ ।
तालिममा सहभागी समीक्षा श्रेष्ठले यस तालिमले आफ्नो जीवनमा नयाँ आयाम थपेको बताइन् ।
अर्की सहभागी सोमी घलानले तालिमले आफूलाई जीवन परिवर्तन गर्ने प्रेरणा दिएको प्रतिक्रिया दिइन् ।
तालिमका प्रशिक्षक तथा सञ्चारकर्मी रूपक कालिराजले उद्घोषण कलाको प्रयोगात्मक अभ्यास गराउँदै सहभागीहरूलाई सिकाएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, निवर्तमान प्रधानाध्यापक दिनेश माझी लगायत शिक्षकहरू उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*