प्रतिक्रियावादी शक्तिहरुले जालझेल गर्दैछः प्रधानमन्त्री ओली

संवाददाता
२६ जेष्ठ २०८२, आईतवार १७:२२

२५ जेठ, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनैपनि समयमा नेतृत्वमा नरहन सक्ने बताउनु भयो । अब १३ महिनापछि फेरि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिने दाबी गर्नुभयो । उहाँले एमालेको उद्देश्य मिसन ०८४ रहेको र यो अन्योल र अमूर्त कुरा नरहेको जिकिर गर्नुभयो ।
प्रतिक्रियावादी शक्तिहरुले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली काँग्रेसलाई मिसन ०८४ भनेको छ, काँग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्ने काम गरिरहेको उहाँले बताउनु भयो । बहुमत ल्याउने दाबी काँग्रेसले पनि गरिरहेको र कसले ल्याउँछ भन्नेकुरा आफ्नो ठाउँमा रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमनत्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समेत ०६४ सालको जस्तै लहर आइसक्यो भन्ने गरेको र बहुमत ल्याउने सपना देखिरहनुभएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*