सुपरफाष्ट चार्जिङ स्टेशन हेटौंडामा

संवाददाता
२६ जेष्ठ २०८२, आईतवार १९:१४

२५ जेठ, हेटौँडा । बिद्युत उपकरण ट्रान्सर्फमर उत्पादन गर्दै आएको ‘निक’ ले नेपालमै पहिलो पटक सुपरफाष्ट चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ ।
हेटौडामा राखिएको चार्जिङ स्टेशनको मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्नुभयो । स्टेशनको उद्घाटन गदै मुख्यमन्त्री लामाले पहिलो पटक नयाँ ढंगबाट सञ्चालनमा आएको स्टेशनलाई प्रदेशभरी लैजान जरुरी रहेको बताउनुभयो । उहाँले बाताबरण संरक्षणको लागि इलेक्ट्रोनिक सवारी उपयुक्त रहेको धारण राख्दै चार्जिङ स्टेशन बिस्तारमा लाग्न सुझाब दिनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडाको पहिचानको रुपमा रहेको हरीत हेटौंडालाई थप सुन्दर बनाउन चार्ज स्टेशनले मद्दत पुग्ने बताउनुभयो । धुवाँ धुलोबाट सुरक्षित रहँदै प्रदेशको राजधानी शहरको वाताबरणलाई सफा राख्न सकिने उहाँको भनाई थियो । सरकार र निजी क्षेत्रले नेपाली श्रोतलाई परिचालन गर्दै उत्पादन भएको बिद्युतलाई यहि प्रयोग गर्दा बताबरण मैत्री हुने उहाँको भनाई थियो । चाइनाको प्रतिष्ठित कम्पनी हुवाबेसँगको सहकार्यमा निकले ४ सय किलोवाटको स्टेशन सञ्चालनमा ल्याएको छ ।
स्टेशनबाट ५ देखी १५ मिनेट मित्र सवारी फुल चार्ज हुने स्टेशन प्रमुख प्रेशा श्रेष्ठले बताउनुभयो । करिब ११ महिनाको लामो प्रयास हरीत नगरी हेटौंडामा बातारवरण मैत्री सेवा सञ्चालनमा ल्याउन सकेको उहाँले बताउनुभयो । स्टेशनमा ५ वटा प्वाईट मार्फत सवारी चार्ज गर्न सकिने व्यवस्था गरीएको छ । स्टेशनमा बिद्युत आपुर्ति बन्द हुन नदिनका लागि २४०÷२२० केभीको सोलारको पनी व्यवस्थापन गरेको बताइएको छ ।
निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हुवाबे नेपालका प्रमुख जेम्स, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, ब्रिटिस एम्बेशीका प्रतिनिधी रेशा प्रिया, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल लगाएतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*