खड्गीको अध्यक्षतामा १७ सदस्यीय खेलकुद सरोकार समाज गठन

संवाददाता
१ असार २०८२, आईतवार १७:१२

१ असार, हेटौँडा । खेलकुद र खेलाडीको दिगो विकास गर्ने उद्देश्यले मकवानपुरमा खेलकुद सरोकार समाजको स्थापना गरिएको छ ।
खेलाडी, अभिभावक, प्रशिक्षक, प्राविधिक तथा खेल सम्बद्ध संघसंस्थालाई प्रोत्साहन र प्रेरणा दिने उद्देश्यले समाजको सथापना गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । खेलकुद विकास समितिका पूर्व अध्यक्ष भेष खड्गीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा बसन्त कुमार सिटौला, महासचिवमा लालकुमार पौडेल, सचिवमा आलोक स्याङ्तान र कोषाध्यक्षमा शोभा घिमिरे रहेका छन् ।
आर्थिक पाटोलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न अक्षयकोषको निर्माण गरिएको अध्यक्ष भेष खड्गीले जानकारी दिनुभयो । औद्योगिक खेलकुद व्यापार मेलाबाट प्राप्त सहयोग बीस लाखबाट अक्षयकोषको सुरुवात गरिएको हो । अध्यक्ष खड्गीले कोषमा व्यक्तिगत रूपमा ५० हजार आर्थिक सहयोग गर्नुभएको छ ।
साथै निर्माण व्यवसायी संघ र शान्ति औद्योगिक संस्थाको आयोजनामा भएको व्यापार मेलाबाट प्राप्त ५१ हजार गरि कोषमा २१ लाख रहेको बताइएको छ । कोषमा एक करोडभन्दा बढी रकम पु¥याउने लक्ष्य राखिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्गीले खेलाडीको पहिचान, उनीहरूले गरेका कार्यको सम्मान र निरन्तरताका लागि वार्षिक रुपमा मकवानपुर खेलकुद अवार्ड आयोजना गरिने बताउनुभयो । समाजलाई खेलाडी र यस विधासँग जोडिएका प्रशिक्षक, प्राविधिक सबैले गौरव गर्न लायक बनाउने गरि विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
यसका साथै अक्षयकोषमार्फत खेलकुदका गतिविधि र विविध कार्यक्रम गर्ने, वार्षिक रूपमा मकवानपुर खेलकुद अवार्ड आयोजना गर्ने, संस्थामा आबद्ध हुन चाहनेहरूका लागि निर्धारित शुल्क लिएर सदस्यता वितरण गर्नेलगायतका कार्यक्रम तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*