मकवानपुरका उद्योगपति अर्याल सम्मानित

संवाददाता
२ श्रावण २०८२, बिहीबार १६:५०

१ श्रावण, हेटौँडा । मकवानपुरका उद्योगपति नवराज अर्याललाई औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेड बालाजुले ३८ औं बार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ ।
उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बिहीबार बालाजुमा आयोजित कार्यक्रममा अयार्ललाई सम्मान गर्नुभएको हो । मुलुकको आर्थिक समृद्धि तथा औद्योगिकरणमा पु¥याएको योगदानको मुल्यांकन गर्दै अर्याललाई सम्मान गरिएको हो ।
उद्योग संघ मकवानपुरको पूर्व अध्यक्ष समेत रहुनभएका अर्याल ४६ बर्षदेखि उद्योगपतिका रुपमा क्रियाशील रहनुभएको छ ।
२०३६ सालमा अर्याल काष्ठ उद्योग संचालनमा ल्याउनुभएका अर्यालले हाल हेटौंडा औधोगिक क्षेत्रमा ५ सहित मकवानपुर, धादिङ, चितवन काठमाडौं, बिराटनगर, पोखरा लगायतका सहरमा गरी १२ वटा उद्योग संचालन गरिरहनुभएको छ ।
आफ्ना उद्योग ब्यबसायबाट अर्यालले एक हजार पाचसय जनालाई रोजगारीको अबसर सिर्जना गर्नुभएको छ । निर्माण ब्यबसायी समेत रहनुभएका अर्याल सामाजिक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ । मकवानपुरमा क्रियाशील संघसंस्थाहरुको उन्नयनमा अर्याल बिशिष्ट योगदान दिंदै आउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*