युवा दिवसको अवसरमा वृद्धाश्रममा खाद्यान्न वितरण

संवाददाता
२८ श्रावण २०८२, मंगलवार १२:५०

२७ श्रावण, हेटौँडा । २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरले ॐ वृद्धाश्रम, चौकीटोलमा खाद्यान्न सामाग्री वितरण गरेको छ ।
मंगलबार बिहान भएको कार्यक्रममा वृद्धाश्रममा आश्रितलाई चामल, दाल, आँटा, नुनलगायत खाद्यान्न सामग्रीहरु प्रदान गरिएको हो । कार्यक्रममा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुर अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दे प्रमुख अतिथि पुलामीले मानव सेवा नै सबैभन्दा ठुलो धर्म भएको धारणा राख्नुभयो । अखिल (क्रान्तिकारी)का अध्यक्ष बुद्धराज अर्यालले युवा पुस्तामा सामाजिक उत्तरदायित्व, सहयोग र मानवीय संवेदनशिलताको भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
बृद्धाश्रममा खाद्यान्न सहयोगका लागि महा खाद्यान्न भण्डार हेटौंडाका सञ्चालक अभिशेक गुप्ताले आवश्यक सामग्री उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा मकवानपुर जिल्ला संयोजक भिम पाख्रिन, प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, प्रदेश सदस्य बिबेक राई, ॐ वृद्धाश्रमका अध्यक्ष शिद्धिलाल श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुबराज ढकाल, केन्द्रीय लेखा समिति सदस्य राज सापकोटा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज राजेन्द्र मोक्तान लगायतको उपस्थिति थियो ।
बृद्धाश्रममा ६० बर्ष देखि १०२ बर्षसम्मका २६ जना बृद्धबृद्धा आश्रित रहेको बृद्धाश्रमका अध्यक्ष शिद्धिलाल श्रेष्ठले बताउनुभयो । अखिल (क्रान्तिकारी) जिल्ला सचिव छोईसाङ लामाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिपक लामाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*