‘प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवद्र्धन कोष’ स्थापना गर्ने
३१ श्रावण, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवद्र्धनका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको आकस्मिक बैठकले ‘महिला पत्रकार प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवद्र्धन कोष’ स्थापना गर्ने निर्णय गरेको महासंघका सचिव एवम् सूचना अधिकारी केशव समर्पण सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोषमार्फत महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचारमा सहयोग पु¥याउने र सुरक्षित सुत्केरीका लागि प्रोत्साहन रकम उपलब्ध गराइनेछ । कोषको औपचारिक शुभारम्भ आगामी भदौ २ गते हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा हुने भएको छ । कार्यविधि निर्माण गरेर कोषलाई व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गरिने अध्यक्ष बालकृष्ण अधिकारीले बताउनुभयो । यसका लागि उपाध्यक्ष भावना रिजालको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा लेखन समिति गठन गरिएको छ । समिति सदस्यमा सचिव सुवेदी र कार्य समिति सदस्य सानुमाया गुरुङ ‘निशा’ रहेका छ्न ।














