‘वैकल्पिक रोजगारीको अवसर पाए पेशा परिवर्तनका लागि तयार’

संवाददाता
१ भाद्र २०८२, आईतवार १९:५९

१ भाद्र, हेटौँडा । वैकल्पिक रोजगारीको अवसर पाए पेशा परिवर्तनका लागि आफूहरु तयार रहेको महिला यौनकर्मीहरूले बताएका छन् ।
आफूलाई नागरिकभन्दा तलको दर्जामा राखिएको भन्दै उनीहरूले सम्मानजनक जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका हुन् । महिला कानुन र विकास मञ्च ँध्ीम् को आयोजनामा हेटौंडामा आयोजित यौन श्रममा संलग्न व्यक्तिहरुको अधिकारको सम्बन्धी छलफल कार्यक्रममा सहभागी यौनकर्मीहरूले बाध्यताले यौन पेशामा आएको बताएका थिए । उनीहरूले शिक्षा र रोजगारीको अवसर नपाउँदा यस पेशामा निरन्तर रहन बाध्य भएको गुनासो गरेका थिए ।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले यौन श्रमलाई प्रवद्र्धन गर्ने वा निरुत्साहित गर्ने भन्ने विषयमा बहस आवश्यक रहेको बताउनुभयो । नेपाली समाजले परम्परालाई कानुनभन्दा माथि राख्ने प्रवृत्ति भएकाले यौन पेशालाई सहज रूपमा स्वीकार्न नसक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुले महिला यौनकर्मीको समस्यालाई नीति–नियम र व्यवहारमै समेट्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरुले यौनकर्मीलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा सहज पहुँच दिन राज्य जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा कानूनकी विद्यार्थी दिद्धिक्षा सिंहले यौन पेशामा संलग्न व्यक्तिसंग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनी व्यवस्थाहरुको बारेमा प्रस्तुतिकरण राख्नुभएको थियो । राष्ट्रिय यौन रोग नियन्त्रण केन्द्रको २०२४ को अध्ययन अनुसार नेपालमा ८६ हजार ८ सय ९ जना यौनकर्मी रहेका छन् ।
तीमध्ये १३ हजारभन्दा बढी एचआईभी संक्रमित छन् । सर्वाधिक महिला यौनकर्मी काठमाडौंमा ९ हजार सात सय ८९ देखि ११ हजार ६ सय ७० को हाराहारीमा रहेका छन् भने भक्तपुर, ललितपुर र कास्की क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । कार्यक्रममा महिला कानुन र विकास मञ्चकी मकवानपुर जिल्ला संयोजक अधिवक्ता ललिता श्रेष्ठ, उच्च अदालत अधिकृत पवन ढकाल, अधिवक्ता नवीनकुमार श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका कानून अधिकृत सुजन तिमल्सिना, माइती नेपालका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मी, लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*