तीज विशेष कार्यक्रमसंगै सहकारी शिक्षा कार्यक्रमको आयोजना

संवाददाता
४ भाद्र २०८२, बुधबार १८:२०

४ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–६ स्थित चौघडा बचत तथा ऋण सहकारी संस्थाले तीज विशेष शुभकामना आदानप्रदान तथा सहकारी शिक्षा कार्यक्रम आयोजना गरेको छ ।
हेटौंडा–६ स्थित मुख्य कार्यालयमा बुधबार आयोजित कार्यक्रममा वडा सदस्य मुदा विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी क्षेत्रको अवधारणा र वित्तीय पारदर्शिता लगायतका विषयमा जानकारी दिईएको थियो । चौघडा सहकारी संस्थाले आर्थिक सशक्तिकरणका साथै विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको संस्थाका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा सहकारीमा आबद्ध महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीको ४ वटा स्टल समेत राखिएको थियो । धुप, अचार, हाते झोला, रबरब्यान्ड लगायतको स्टल राखिएको थियो । कार्यक्रममा सहभागी महिला शेयर सदस्यहरूले दर खाने कार्यक्रमका साथै सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । चौघडा बचत तथा ऋण सहकारी संस्थामा १ हजार ३ सय ५९ महिलासहित कुल २ हजार ९ सय २४ शेयर सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*