खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी

संवाददाता
५ भाद्र २०८२, बिहीबार १६:१५

५ भदौ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको उहाँको टिप्पणी छ ।
आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको जिकिर गर्नुभयो । उहाँले व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको बताउनु भयो । उहाँले राष्ट्रिय पुँजी फस्टाउन नसक्दा दिगो विकासका लागि दुःखदायी परिस्थिति बनेको बताउनु भयो ।
पूर्वराष्ट्रपति भण्डारीले युवाहरुलाई देशमा कसरी आकर्षण बढाउने भन्नेबारेमा सोच्नुपर्ने बताउनु भयो । नवपुस्ताहरुको चाहनाअनुसार सरकारले काम गर्दै जानुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*