रचना तेक्वान्दो डोजाङका जुनियर खेलाडीको ग्रेडिङ सम्पन्न
७ भदौ, हेटौँडा । रचना तेक्वान्दो डोजाङका जुनियर खेलाडीहरुको ग्रेडिङ सफलतापूर्वक सम्पन्न भएको छ ।
हेटौंडा ६ रामनगरस्थित बालजागृती युवा वर्ष माध्यामिक विद्यालयको खेल मैदानमा प्रशिक्षण लिइरहेका जुनियर खेलाडीको शनिबार ग्रेडिङ भएको हो । ग्रेडिङ सेतो पेटीदेखि रातो पेटीसम्मका खेलाडीहरुको लागि आयोजना गरिएको थियो । ग्रेडिङ कार्यक्रममा १२ जना जुनियर खेलाडीहरुले आफ्नो दक्षता र सीप प्रदर्शन गर्दै प्रमोसनका लागि प्रतिस्पर्धा गरेका थिए ।
समाजसेवी कृष्ण प्रसाद दुलालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा जिल्ला तेक्वान्दो संघ मकवानपुरका सदस्य तथा राष्ट्रिय तेक्वान्दो रेफ्री पवन अवस्थीको विशेष उपस्थिति रहेको थियो ।
ग्रेडिङमा सहभागी खेलाडीहरुको नतिजा छिट्टै घोषणा गरिने प्रशिक्षक ईश्वर श्रेष्ठले बताउनुभयो । डोजाङले स्थान अभावका कारण विद्यालयको खुल्ला मैदानमा तेक्वान्दो सिकाइरहेको छ । तेक्वान्दो खेलको विकासका लागि वडा तहबाट नै सहयोगको खाँचो रहेको प्रमुख अतिथि दुलालले बताउनुभयो ।














