इन्दिरा डल्लाकोटी र पवित्रा विश्वकर्मालाई जागरुक महिला सम्मान प्रदान

संवाददाता
७ भाद्र २०८२, शनिबार १९:११

७ भदौ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मकवानपुरको आयोजनामा जागरुक महिला सम्मान तथा तीज विशेष कार्यक्रम गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा शनिबार कार्यक्रम भएको हो । यस वर्षको ‘जागरुक महिला सम्मान’ २०८२ इन्दिर डल्लाकोटी र पवित्रा विश्वकर्मालाई प्रदान गरिएको छ । डल्लाकोटी हाम्रो घर नाम संस्था मार्फत् अभिभावकविहीन बालबालिकाको संरक्षणमा सक्रिय रहँदै आउनु भएको छ ।
यस्तै दलित महिला संघकी केन्द्रीय कोषाध्यक्ष विश्वकर्मालाई दलित समुदायको हक–अधिकार स्थापित गर्ने कार्यमा सक्रिय योगदानका लागि सम्मान गरिएको हो । दुबै जनालाई जनही नगद दश हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारीले जानकारी दिनुभयो ।
रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा दिव्यतारा बहुउद्देश्यीय सहकारीमा अध्यक्ष गणेश बल लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*