थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा
८ भदौ, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ ।
पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुनेमा थाहा नगरपालिका मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ । आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभयो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पुर्ण सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वाथ्यकर्मीहरुको मेहनत बाट सम्भव भएको बताउनुभयो । बागमती प्रदेशको स्वास्थ्य क्षेत्र सुधारको लागि दत्तचित्त भएर लाग्ने समेत उहाँले बताउनुभयो ।
पछिल्लो ६ बर्ष यता नगरपालिकाभित्रका सबै गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको र पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै सूचक पूरा भएपछि नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनुभयो ।
घोषणा कार्यक्रम विभिन्न सांस्कृतिक झाकीहरुको प्रदर्शन गरिएको थियो भने पुर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रमलाई सफल तुल्याउन भुमिका खेलेको भन्दै स्वास्थ्य केन्द्रहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा थाहाका वडा अध्यक्षहरु,स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेवीका हरुको उपस्थिति रहेको थियो ।














