टिम टिभी र मकवानपुर सामुदायिक भिजनमा विश्वकर्मा पुजा मनाईयो
हेटौँडा, १ असोज । आज विश्वकर्मा पूजा । विश्वकर्मा भगवानको पुजा अराधना गरि मनाइएको छ ।
बर्षभरि आफनो आवश्यकतामा आउने सामानहरुलाई विश्वकमाको रुप मान्ने चलन छ । विभिन्न कलकारखाना, पसल, गाडी, कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा लगाएतको पुजा गर्ने चलन रहि आएको हो । त्यसै गरि विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरिन्छ ।
आज उक्त पुजा टिम टेलिभिजन प्रा.लि, मकवानपुर सामुदायिक भिजन प्रा.लि.र ग्रीन एण्ड क्लिन सिटी सर्भिसेस प्रा.लि.ले पनि भव्य रुपमा मनाईएको छ ।
आजका दिनमा पूजा सामानहरुको पुजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरु बताउँछन् ।














