हेटौंडा १६ मा निर्मित सार्वजनिक शौचालय हस्तान्तरण

संवाददाता
८ आश्विन २०८२, बुधबार १८:२७

८ असोज, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडानम्बर १६ चिसापानीमा निर्मित सार्वजनिक शौचालय हस्तान्तरण गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका र खानेपानी ब्यवस्थापन बोर्डले शौचालय निर्माणका लागि २६ लाख रुपैयाँ लगानी गरेका थिए । शौचालय निर्माण भएपछि हटिया चिसापानीको हाटबजारमा आउने सर्वसाधारणलाई समेत सहज हुने बताईएको छ ।
हेटौँडा खानेपानी ब्यवस्थापन बोर्डका कार्यालय प्रमुख विष्णु प्रसाद सापकोटाले हेटौँडा उपमहानगरपालिका वडानम्बर १६ का अध्यक्ष रामकृष्ण कोईरालालाई शौचालय हस्तान्तरण गर्दै सञ्चालन आरम्भको अनुमती दिनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*