बागमती प्रदेशको सभामुखमा माओवादी केन्द्रको दाबी

संवाददाता
८ आश्विन २०८२, बुधबार १८:२९

८ असोज, हेटौँडा । सभामुख भुवन पाठकले राजीनामा दिएसंगै रिक्त रहेको बागमती प्रदेश सभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रले दाबी गर्ने निर्णय गरेको छ ।
बुधबार माओवादी केन्द्र संसदीय दलको काठमाडौँमा बसेको बैठकले रिक्त रहेको सभामुख पदमा संसदको तेस्रो ठुलो दलको हैसियतले माओवादी केन्द्रले दाबी गर्ने निर्णय गरेको सचेतक रत्न ढकालले बताउनुभयो ।
बागमती प्रदेश सरकारले मन्त्रिपरिषदको निर्णयबाट बजेट पुनराबोलकन गर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रले त्यसको सशक्त प्रतिबाद गर्ने निर्णय गरेको हो । सदनबाट पास भईसकेको बजेट पुनराबलोकन आवश्यक नरहेको माओवादी केन्द्रको निष्कर्ष छ । बैठकले बागमती प्रदेश सरकारको मन्त्रालयको संख्या समेत घटाउन माग गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*