यात्रामा रोकिएका यात्रुहरुलाई ७५ प्रतिशत छुट दिने
१९ असोज, हेटौँडा । होटल एशोसियशन मकवानपुरले यात्रामा रोकिएका यात्रुहरुलाई ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रहमा यात्रामा रोकिएका यात्रुहरुलाई सहुलियत प्रदान गर्ने निर्णय गरिएको होटल एशोशियशन मकवानपुरका अध्यक्ष दिलीश जोशीले बताउनुभयो । शनिबार रातीदेखि नै मकवानपुरका होटलहरुले सहुलियत प्रदान गरेको जोशीले बताउनुभयो । स्थानीय प्रशासनले भैसे हुंदै काठमाडौ जाने बाटो बाढी र पहिरो जस्ता सुरक्षा संबेदनशीलताका कारण रोक्दा यात्रामा रहने यात्रुहरुलाई सहजता प्रदान गर्ने निर्णय भएको उहांले बताउनुभयो ।














