हेटौंडा सिस्नेरी सडक अबरुद्ध
१९ असोज, हेटौँडा । हेटौंडा सिस्नेरी काठमाडौं रुटमा चल्ने सिस्नेरी बजारको डोढारे खोलामा आएको बाढीले पुल पुरेसंगै यो सडक अबरुद्द बनेको छ ।
खोलालाई पुलमुनीबाट बगाएर यो सडक खुलाउन दुईवटा एक्साभेटर प्रयोग भईरहेको छ। यस्तै कुलेखानी फाखेल काठमाडौं रुटमा भने पहिरो पन्छाएक एकतर्फी रुपमा आज बिहानैदेखि सडक संचालनमा ल्याईएको छ । सडकमा अलपत्र परेका सबारी साधन र बैदेशिक रोजगारीका लागि हिडेका मानिसहरु गरी करिब सातसयभन्दा बढी सबारी साधन काठमाडौंतर्फ सुरक्षित रुपमा पठाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो ।
आईतबार सडकको अबस्था हेर्न प्रमुख जिल्ला अधिकारी श्रेष्ठ सहित नेपाली सेनाको प्रमुख सेनानी निरञ्जन घामी, मकवानपुरका प्रहरी उपरिक्षक सुबास चन्द्र बोहोरा, सशस्त्र प्रहरी उपरिक्षक सन्तोष शाहा, राष्ट्रिय अनुसन्धानका प्रमुख हेमन्त चौधरी सहित यातायात पुर्बाधार निर्देशनालयका इन्जिनियर सिस्नेरी र कुलेखानी पुगेका छन् । मौषम र सडकको अबस्था हेरेर गृहमन्त्रालयमा रिपोर्टिङ गर्ने र सडक नियमित सुचारु गराउन पहल गर्ने प्रजिअ श्रेष्ठले बताउनुभयो ।














