हेटौंडा–काठमाडौं जोड्ने तीन सडक मार्ग खुला, कान्तिलोकपथ अझै अवरुद्ध

संवाददाता
२० आश्विन २०८२, सोमबार १३:०४

२० असोज, हेटौँडा । लगातारको वर्षापछि पहिरो र बाढीका कारण अवरुद्ध भएका हेटौंडा–काठमाडौं आवागमनका चार वैकल्पिक सडक मार्गमध्ये तीन मार्ग सञ्चालनमा आएका छन् भने कान्तिलोकपथ अझै पनि बन्द छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–फाखेल–काठमाडौं, हेटौंडा–सिस्नेरी–कुलेखानी–काठमाडौं र त्रिभुवन राजपथ अहिले सञ्चालनमा रहेका छन् । त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी गाउँपालिकाको बाघमारामा गएको पहिरो हटाएपछि आज बिहानदेखि सवारीसाधनको आवागमन पुनः सुरु गरिएको हो । त्यस्तै, सिस्नेरी बजार नजिक डोढारे खोलामा आएको बाढीले पुल पुरिँदा अवरुद्ध भएको बाटो पनि खुलाइएको प्रहरीले जनाएको छ । दुईवटा एक्साभेटर प्रयोग गरी खोलामा पानीको बहाव पुलमुनी फर्काएर सडक सञ्चालनमा ल्याइएको हो। यस् मार्गमा सवारी आवागमन सहज बनाउन हेटौंडाबाट काठमाडौं जाने सवारीलाई फाखेल ह्ुुँदै र काठमाडौंबाट हेटौंडा आउने सवारीलाई कुलेखानी–सिस्नेरी मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
उता, कान्तिलोकपथ भने अझै अबरुद्ध नै छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण बकैया ११ सिमातमा सडक अवरुद्ध भएको छ । उक्त सडक सञ्चालनमा ल्याउन पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको सम्बन्धित निकायले जनाएको छ । अपरान्ह सम्ममा सडक सुचारु हुने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*