एसईई परीक्षामा साधारणतर्फ पाँच हजार दुईसय ७७ बिद्यार्थी सहभागी
१९ चैत्र, हेटोँडा । एसईई परीक्षाको पहिलो दिन मकवानपुरमा अंग्रेजी विषयको परीक्षामा साधारणतर्फ पाँच हजार दुईसय ७७ बिद्यार्थी सहभागी भएका छन् ।
अंग्रेजी विषयको पहिलो दिनको परिक्षामा ८१ जना बिद्यार्थी अनुपस्थत रहे । यस्तै प्राविधिक तर्फ एकसय उनानअसी जना बिद्यार्थी सहभागी रहे भने चारजना बिद्यार्थीले परिक्षामा सहभागीता जनाएनन् । यस्तै ग्रेडबृद्धीतर्फ १९७ परिक्षार्थीले सहभागीता जनाए भने ३६ परिक्षार्थी अनुपस्थित रहे । मकवानपुरमा सातहजार एकसय ९२ बिद्यार्थीले परिक्षा फारम भरेका थिए । एकसय ५ सामुदायिक र ३७ वटा संस्थागत बिद्यालयका विद्यार्थीहरुले परिक्षा फारम भरी एसइई परीक्षामा सहभागीता जनाएका थिए ।
मकवानपुरमा २८ वटा बिद्यालयमा परिक्षाकेन्द्र तोकीएको जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख सुदीप गिरीले बताउनुभयो । सरकारले यसवर्ष बैशाख महिनामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेपछि मकवानपुरका २० वटा परीक्षा केन्द्रले आज परिक्षा दिएका बिद्यार्थीहरुको उत्तरपुस्तिका परिक्षणको ब्यवस्था मिलाएका छन् । अन्य केन्द्रले पनि छिट्टै परिक्षण गर्ने तयारी गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो ।














