हेटौंडामा प्रहरीको ‘अपरेसन ड्रप’ अभियान सञ्चालन

लागुपदार्थ सेवन गरि सवारीसाधन चलाउने १२ जना पक्राउ
संवाददाता
२३ चैत्र २०८२, सोमबार १९:३९

२३ चैत्र, हेटौँडा । हेटौँडामा बिचौलिया तथा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले ‘अपरेसन ड्रप’ संचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको विशेष अभियान ‘अपरेसन ड्रप’ मार्फत् १८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले यात्रुहरुलाई अनावश्यक हैरानी दिने, गैर–व्यावसायिक क्रियाकलाप गर्ने, गुण्डागर्दी तथा आपराधिक गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन उक्त अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरी उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अभियान अन्तर्गत चैत २१ र २२ गते हेटौँडाका विभिन्न स्थानबाट १८ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा बस्ने १७ जना र रौतहट जिल्ला फतुवा विजयपुर नगरपालिकाका १ जना रहेका छन् । प्रहरीले हेटौंडा–१ का नसिब बर्तौला, फारोक अन्सारी, हेटौँडा–११ का नवराज गुरुङ, बद्री बहादुर तामाङ, शुभम् थिङ, सुरज श्रेष्ठ, हेटौँडा–१३ का सुगम लोप्चन, रोजेश ओझा लगायत रहेका छन् । त्यस्तै हेटौँडा–१२ का सन्त कुमार महर्जन, कमल सिंह भ्लोन, अजय स्याङ्तान, अरुण स्याङतान, सविन थिङ, हेटौँडा–१९ का अर्जुन भ्लोन तामाङ, दिपेश लामा, हेटौँडा–१४ का राहुल तामाङ, हेटौँडा–६ का नविन गौतम र फतुवा विजयपुर–१०, रौतहटका रवि तिमल्सिनालाई पक्राउ गरिएको छ । त्यसैगरी, मकवानपुर प्रहरीले लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने यात्रुवाहक सवारीसाधनका १२ जना चालकलाई पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘इउभचबतष्यल म्चयउ’ अन्तर्गत लागूऔषध सेवन गरी सवारी साधन चलाउने १२ जना चालकहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिका अन्तर्गत सडक खण्डमा गरेको आकस्मिक चेकजाँच गरेको थियो । ६५ वटा सवारी जाँच गरिएकोमा १२ जना चालकले लागूऔषध सेवन (लापसे) गरी सवारी चलाएको पुष्टि भएकोले उनिहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख खत्रीले बताउनुभयो ।
लागूऔषध सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम अत्यधिक बढ्ने त्यसलाई नियन्त्रण गर्न चेकजाँच गरिएको उहाँले बताउनुभयो । सडक सुरक्षालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*