खुल्ला दौड प्रतियोगितामा बकैयाका गोले प्रथम
१ वैशाख, हेटौँडा । नेपाल तरुण दल हेटौडा उपमहानगरपालिका ६ नं वडा समितिद्वारा आयोजित ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा बकैयाका राजकुमार गोले पहिलो भएका छन ।
नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजित प्रतियोगितामा बकैयाकै अनिष थिङ दोश्रो र राक्सिराङका सुभाष हेमजंग तेश्रो भएका थिए । प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार मेडल र प्रमाणपत्र दोश्रो हुनेले नगद १० हजार मेडल र प्रमाणपत्र तेश्रो हुनेले नगद ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी महिला तर्फ हेटौडा १३ कि साधना लोप्चन पहिलो, हेटौडा १३ कै गंगा मोक्तान दोश्रो र हेटौडा ३ कि स्वस्तिका थिङ तेश्रो भएकी थिईन ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्व लामाको प्रमुख आतिथ्यता एवम नेपाल तरुण दल जिल्ला सदस्य राजकुमार बास्तोलाको सभापतित्वमा दौड प्रतियोगिता भएको थियो । कार्यक्रममा हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, ७ का वडा अध्यक्ष दामोदर गौतम, १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, हेटौडा ६ का वडा सदस्य विजय पौडेल, काङ्ग्रेस जिल्ला सचिव भीमसेन महत, पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाई, नगर सभापति उत्सव ईटेनी, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, प्रहरी चौकी चौघडाका ईन्चार्ज बैजु सहनी लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा ४ महिला सहित ३० जनाको सहभागिता रहेको थियो । तरुण दलले नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष खुल्ला दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।














