शान्तिको मार्ग पहिल्याउन मैत्री भाव आबश्यक
१ वैशाख, हेटौँडा । बोधी श्रवण धर्म संघको आयोजनामा २१ औँ विश्व शान्तीको कामना गर्दै आध्यात्मिक अनुष्ठान कार्यक्रम २०८२ पुजा समारोह समापन भएको छ ।
चैत्र २६ गतेदेखि हेटौँडाको हुप्राचौरमा आयोजना गरिएको पुजा समारोह नयाँ बर्षको अवसरमा समापन गरिएको हो । विश्वमा शान्ती छाओस् भन्ने पवित्र उद्देश्य राखेर मैत्री भावको र बन्धुत्व भावना जागृत गराउने उद्देश्यले पुजा कार्यक्रम राखीएको बोधी श्रवण धर्म संघ मकवानपुरका सचिब चन्द्र लामाले बताउनुभयो ।

समापन कार्यक्रममा थाहा नगरपालिकाकाको निवर्तमान उपमेयर खड्ग गोपाली, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले विश्व जगत सत्रुता पुर्ण भाव बोकेर अघि बढ्दा युद्धको जोखिम बढीरहेको बताउनुभयो ।

विश्वमा युद्धको जोखिम बढीरहेका बेला शान्तिको कामना सहित गरिएको पुजा पाठले अन्तर्राष्ट्रिय जगतलाई समेत शान्तिको मार्गमा आउन प्रेरणा मिल्ने बताईएको छ । कार्यक्रममा अमेरिका, फ्रान्स भारत लगायतबाट आएका धर्म गुरुहरुले समेत शान्तिको मार्गमा चल्न विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।














