हेटौंडामा पाँचदिने ब्रह्मज्ञान महायज्ञ तथा आत्मजागृति शिविर सुरु

संवाददाता
१० बैशाख २०८३, बिहीबार १८:३७

१० वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१६ मा पाँचदिने ब्रह्मज्ञान महायज्ञ तथा आत्मजागृति शिविर सुरु भएको छ ।
श्री प्राणनाथ ज्ञान सेवा संघको आयोजनामा सञ्चालन भएको कार्यक्रमका लागि स्थानीयवासी श्यामप्रसाद चौलागाईंले स्थल उपलब्ध गराउनुभएको हो । बिहीबारदेखि सुरु भएको महायज्ञ तथा शिविर पाँच दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । हरेको दिन योग ध्यानका साथ सुभारम्भ हुने महायज्ञमा मानव जीवनको महत्व, आत्मचेतना जागरण तथा वेद, पुराण, बाइबल र कुरानजस्ता धर्मग्रन्थहरूमा रहेका ज्ञानका बारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको धर्म प्रचारक घनश्याम न्यौपानेले बताउनुभयो । मानव कल्याण र आत्मजागृति अभिवृद्धि गर्ने मुख्य लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाइ रहेको छ ।
महायज्ञमा भारत उत्तर प्रदेशका प्राणनाथ राजन स्वामी प्रमुख वक्ताका रुपमा रहनुभएको छ । वेद, उपनिषद, बाइबल र कुरानका ज्ञाता मानिने उहाँले ब्रह्मज्ञान र आध्यात्मिक जीवनका विषयमा प्रवचन दिनुहुनेछ । यसका साथै अन्य वक्ताहरूको समेत सहभागिता रहनेछ । बनारसबाट आएको शास्त्रीय सङ्गीत टोलीको विशेष प्रस्तुति रहनेछ । चर्चित गायिका बानिका प्रधानको सांगीतिक प्रस्तुति पनि आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ । दैनिक करिब एक हजार भक्तजनले कार्यक्रममा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*