हिमचुली सहकारीको १७ औं साधारणसभा सम्पन्न
२५ कार्तिक, हेटौँडा । हिमचुली कृषि सहकारी संस्था लिमिटेडको शनिबार १७ औ साधारण सभा सम्पन्न भएको छ ।
हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाको प्रमुख आतिथ्थातामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुँदै उपमेयर बानिंयाले किसानहरुलाई मलको सहज आपूर्तिको लागि उपमहानगरले सहजीकरण गर्ने बताउनुभयो । उहाँले कृषि सहकारीहरुको अनुगमन गरि मलमा सहजता ल्याउने बताउनुभयो । सभामा अध्यक्षको प्रतिवेदन सहकारी अध्यक्ष कृष्ण प्रसाद पनेरु प्रस्तुत गर्नुभएको थियो भने सचिवको प्रतिवेदन संस्थाका सचिव ठाकुर प्रसाद नेपाल प्रस्तुत गर्नुभएको थियो । सभामा विशेष अतिथी १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा, वडा सदस्य गुरु प्रसाद ढकाल, चेतनशील दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष महेश ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाले यस आर्थिक वर्षमा ७४ लाख ७७ हजार कारोवार गर्ने सफल भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पनेरुको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।














