बालबालिकाहरुबीच चकलेट रेस, म्युजिकल चियर र घ्याम्पो फुटाई प्रतियोगिता

संवाददाता
२६ कार्तिक २०८०, आईतवार १७:०६

२६ कार्तिक, हेटौँडा । हेटौडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले तिहारको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाको चालू आव ०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रम गरिएको हो । सहकारीमा आवद्व बालबालिकाहरुको लागि चकलेट रेस , म्युजिकल चियर र घ्याम्पो फुटाई प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा चकलेट रेसमा प्रथम एरोन पौडेल, द्वितीय रिदम लामिछाने र तृतिय आरुसी खड्का, म्युजिकल चियरमा प्रथम विकेश ढुङ्गाना द्वितीय गरिमा गौतम र घ्याम्पो फुटाईमा विकेश ढुङ्गाना विजयी भएका छन । विजयी बालबालिकाहरुलाई संस्थाका अध्यक्ष हिमाल पौडेल, उपाध्यक्ष श्याम प्रसाद भट्टराई, सदस्य यतिराज दङ्गाल,रेखा मैनाली, ब्यवस्थापक दिपेन्द्र गौतम लगायतकाले पुरस्कार वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*