कांग्रेस मकवानपुरको जिल्ला भेला पौष ३ गते हुने
२९ मंसिर, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेला पौष ३ गते हुने भएको छ ।
नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा जिल्ला भेला हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत् जानकारी दिइएको छ । जिल्ला भेलाको तयारी तीब्र बनाइएको सभापति बुद्ध लामाले जानकारी दिनुभयो । अन्य भेला भन्दा यस पटको भेला पृथक र विशेष रहेने लामाले दाबी गर्नुभयो । उहाँका अनुसार भेलामा पार्टीको जिल्ला अधिवेशन देखि स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनको समिक्षा हुनेछ । भेलामा राजनीतिक रुपमा बनेका संरचनालाई सामाजिक तथा आर्थिक रुपान्तरणमा लैजाने विषयमा समेत छलफल हुने उहाँले बताउनुभयो ।
भेलामा करिब दुई हजार प्रतिनिधिको उपस्थिति रहने सभापति लामाले जानकारी दिनुभयो । भेला सम्पन्न गर्न १३ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।














