हेटौंडा ८ कमानेमा कमाने महोत्सव सुरु
६ पुस, हेटौँडा । हेटौंडा ८ कमानेमा कमाने महोत्सव सुरु भएको छ ।
हेटौंडा ८ नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट सुरु भएको महोत्सवको हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले उद्घाटन गर्नु भएको हो । वडा भित्रको स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव दुईदिने चल्नेछ ।
“कमानेको किनौं, कमानेलाई चिनौं” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा ७० वटा व्यापारिक स्टल राखिएका छन् । वडा नम्बर ८ को मुख्य सडकको निमचोक देखि सागरचोकसम्मको सडक किनारामा प्रदर्शनी राखिएको छ । महोत्सव अवधिभर सो सडक खण्डमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको महोत्सव आयोजक कमिटीले जनाएको छ ।














