बाल अधिकारकर्मी मकवानपुरद्वारा प्रशासनको ध्यानाकर्षण

संवाददाता
१२ पुष २०८०, बिहीबार १३:५३

१२ पुस, हेटौँडा । हेटौंडामा युवा अभियान्ता तथा बाल अधिकार कर्मी मकवानपुरले सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
हेटौडाको टिसिएन चौरमा भएको बृहत खेलकुद तथा व्यापार महोत्सवमा बालबालिकालाई प्रचारप्रसारको लागि स्थानिय सबै बिधालयको पठनपाठन बन्द गराई ¥यालीमा प्रयोग गरेको भन्दै ध्यानाकर्षण गराइएको हो । साथै जिल्लाका विभिन्न स्थान जस्तै होटल अन्य निकायहरुमा बालश्रमको गैरकानुनी ढंगबाट दुरुप्रयोग गरिएको पाएको पत्रमा उल्लेख छ । आगामी दिनमा यस्ता गतिविधिलाई हुन नदिन र गरेको पाइएमा गैरकानुनी कार्य गर्नेलाई वा सबै निकाय, व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याउन पत्रमा आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*