हेटौंडा बचतको २४ औं वार्षिक साधारणसभा सम्पन्न
२१ पुस, हेटौँडा । हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार भएको छ ।
संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सहकारीले सभाको अवसरमा विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सहकारीले आफ्ना सदस्यलाई आर्थिक वर्ष २०७९÷०८० मा ५७ करोड ९ लाख ३० हजार कर्जा लगानी गरेको छ । संस्थामा ४८ करोड ९३ लाख ८५ हजार बचत निक्षेप रहेको संस्थाका प्रवन्धक रामशरण गौतमले बताउनुभयो । ४ करोड २३ लाख ६७ हजार २ सय पुजीँ रहेको संस्थामा तीन करोड ८ लाख ७० हजार जगेडा कोष रहेको गौतमले जानकारी दिनुभयो । सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना कुमारी चौरेल, वडा ७ का निवर्तमान अध्यक्ष राजन थापा, राष्ट्रिय सहकारी बैंकका सहायक प्रवन्धक वेद प्रसाद तिमल्सिना, सर्वोत्म संचिति साकोसका अध्यक्ष राम बहादुर बस्नेत, साइराम साकोसका अध्यक्ष राजेन्द्र पौडेल, संजीवनी साकोसका अध्यक्ष जानकी चौधरी, सृजना साकोसका अध्यक्ष ध्रुवप्रसाद अर्याल, जनकल्याण साकोसका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, नवज्योति माविका अध्यक्ष कृष्ण थापामगर लगायत विभिन्न टोल विकास, सामूदायिक वन, विद्यालयका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।














