बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित

संवाददाता
११ माघ २०८०, बिहीबार २०:१९

११ माघ, हेटौँडा । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित भएका छन् ।
गठबन्धनबाट उम्मेदवारी दिनुभएकी महिला क्लस्टरमा कांग्रेसबाट विष्णु कुमारी पुडासैनी ६ हजार ६ सय २२ मतभारले विजयी हुनुभयो । त्यस्तै, अन्य क्लस्टरबाट कांग्रेसकै जितजंग बस्नेत विजयी हुनुभएको छ । उहाँले ६ हजार ५ सय ३१ मतभार ल्याउनुभयो । माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका उम्मेदवार श्रीकृष्ण अधिकारी ६ हजार ३ सय ८३ मतभारका साथ विजयी हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) बाट दलित क्लस्टरका घनश्याम रिजालले ६ हजार ५ सय १२ मतभार ल्याउँदै निर्वाचित हुनुभयो ।
हेटौंडा उपमहानगरपालिका–४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा ११० सदस्यीय बागमती प्रदेश सभातर्फ १०८ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २३७ जना मतदातामध्ये २३४ जनाले मतदान गरेका थिए । मतदानमा ५ जना मतदाता अनुपस्थित थिए । बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*