हावाहुरी र चट्याङका कारण दैलेख र पाल्पामा दुईजनाको मृत्यु
१८ चैत्र,हेटौंडा । दैलेखको भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया शर्मिला कँडेलको चट्याङ लागेर ज्यान गएको छ ।हिजोको हावाहुरी र चट्याङका कारण दैलेख र पाल्पामा दुईजनाको ज्यान गएको हो ।
चट्याङ लागेर घाइते भएकालाई उपचारका लागि सुर्खेत लैजानेक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो ।
यस्तै हावाहुरी र असिनापानीले रुख ढल्दा लागेर पाल्पामा एक जनाको ज्यान गएको छ ।
हिजो बेलुका परेको हावाहुरीले तानसेन नगरपालिका–८ डुम्रे नजिकै जरेपिपलमारुख ढल्दा लागेर स्कुटरमा रहेका तानसेनको कैलाशनगरका २० वर्षका भुवन सिंजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।














