जनतामा तत्काल आशा जगाउने योजना कार्यान्वयन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन

संवाददाता
११ बैशाख २०८१, मंगलवार १५:३३

११ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादन वृद्धि, रोजगारी सृजना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजनाहरु तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
मंगलवार लगानी बोर्ड बैठकमा बोल्दै उहाँले अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव डा. वैकुण्ठ अर्याल र लगानी बोर्डका सिईओ सुशिल भट्टलाई सो निर्देशन दिनुभएको हो । उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको विकास हुने भएकाले त्यस अनुकुल हुनेगरी सरकारले अध्यादेशमार्फत ९ वटा ऐन संशोधन गर्न लागेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको कामलाई अघि बढाउने कुरामा नडराउन पनि कर्मचारी प्रशासनलाई सचेत गराउनु भयो ।
उहाँले कर्मचारी प्र्र्र्रशासनले आफूहरुको स्पिड अनुसार काम गर्न नसकेको गुनासो गर्दै नयाँ ढंगले काम गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले लगानी सम्मेलन लगानीका लागि नयाँ सन्देश दिने गरी सम्पन्न हुनेगरी तयारी गर्नुपर्ने पनि बताउनु भयो ।
प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सरकारले साना सिंचाईको कार्यक्रमलाई विशेष व्यवस्था गर्ने पनि बताउनु भयो । उत्पादन बढाउने, रोजगारी पनि दिने भएकाले सरकारले यस्ता साना कार्यक्रमलाई विशेष जोड दिन चाहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*