नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण भएनः अध्यक्ष नेपाल

संवाददाता
१७ बैशाख २०८१, सोमबार १८:०८

१७ वैशाख, काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण नभएको बताउनुभएको छ ।
उहाँले सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि सहज वातावरण बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । नेपालमा अनाआवश्यक पैसाको खर्च र गुण्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न आफूहरु इच्छुक रहेको विदेशी लगानीकर्ताहरुले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाई थियो । उहाँले देश र जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
अध्यक्ष नेपालले राज्यले दिनुपर्ने सुविधाहरु सहज रुपमा उपलब्ध गराए नेपालमा जति पनि पैसा ल्याउन सक्छौँ भन्ने कुरा लगानीकर्ताहरुबाट आउने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष नेपालले नेपालमा लगानी प्रवद्र्धन हुन नसक्नुको कारणको खोजी गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*