विपद ब्यबस्थापनका लागि सबै मन्त्रालयहरुले बजेट छुट्याउनुपर्छः मन्त्री श्रेष्ठ

संवाददाता
२३ जेष्ठ २०८१, बुधबार १९:२७

२३ जेठ, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्राकृतिक प्रकोपको जोखिम न्युनिकरण गर्न सबै मन्त्रालयहरुले बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको विपद ब्यवस्थापन सम्बन्धि संयुक्त कृत्रिम अभ्यास कार्यक्रमको बुधबार हेटौँडामा उद्घाटन गर्दै जोखिमबाट प्रदेश बासीलाई जोगाउन प्रदेश सरकार गम्भीर रहेको उहाँले दाबी गर्नुभयो । मन्त्रालयहरु बजेट निर्माणकै क्रममा रहेकाले विपद ब्यबस्थापनका लागि सबै मन्त्रालयहरुले अनिवार्य रुपमा बजेट छ्ट्याउनुपर्ने उहाँँले बताउनुभयो ।


मन्त्री श्रेष्ठले विपद् व्यवस्थापन स्थानीय तहको एकल अधिकार सूचिमा रहेपनि यसको लागि तीनै तहको सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले मनसुनजन्य लगायत अन्य जोखिम न्यूनिकरणका लागि आपतकालिन केन्द्रलाई प्रभावकारी र व्यवस्थीत गर्न जरुरी रहेकोमा जोड दिनुभयो । विपद् व्यवस्थापन सामग्री खरीद गरी विपद् व्यवस्थापन गोदाम घरलाई उपलब्ध गराउने तयारी भइरहेको समेत उहाँले बताउनुभयो ।


बागमती प्रदेश भित्र रहेका विपद जोखीमको मुल्यांकन गर्दै त्यसबाट जोगिने रणनीती तयार पार्न मनत्रालयले कृत्रिम अभ्यास कार्यक्रम आयोजना गरेको हो । ३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी सहभागी छन् । उनीहरुलाई विपद ब्यवस्थापनका लागि प्रयोगात्मक अभ्यास गराईने मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*