जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता देखायोः सांसद कंसाकार
३० जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दाबासिनी कंसाकारले जलन पीडितलाई सरकारले बजेटमा नसमेटेर अमानवियता देखाएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारले बजेटमा जलनमा परेका हजारौं नागरिक अन्देखा गरेको कारण सम्पूर्ण जलन पीडितको तर्फबाट खेद प्रकट समेत गर्नुभयो । उहाँले जलनबाट घाइते हुनेहरुको सख्या हेर्ने हो भने जलनबाट पीडित हुनेमा महिला बालकालिका तथा ज्येष्ठ नागरिकको सख्या धेरै हुँदा पनि मन्त्रालयले प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टी जनाउनु भयो ।
सांसद् कसांकारले जलन मानवको सृष्टिसँगै शुरु भएको परम्परागत दुर्घटना भएको भन्दै केही अपराधमार्फत हुने भएपनि अधिकांश जलन दुर्घटनाबाट हुने गरेको बताउनु भयो । प्रधानमन्त्रीले सदनमा जलनको उपचार गर्ने जलन अस्पताल खोल्छु भने पनि बजेटको प्राथमिकतामा नपर्दा नेपालका सबै जलन पीडितलाई दुःखी तुल्याएको उहाँले बताउनुभयो ।
सांसद् कसांकारले अहिलेसम्म सरकारले आँखा चिप्लेर अपमानविय पीडालाई सम्बोधन नगर्ने र काठमाडौं केन्द्रित स्वास्थ्य उपचारबाट कहिले बाहिर निस्कने ? भन्दै प्रश्न गर्नुभयो ।














