महिलालाई सीप मार्फत आय–आर्जनमा जोड्न प्रयोगात्मक सीपमूलक तालिम प्रदान

संवाददाता
३० जेष्ठ २०८१, बुधबार १९:०८

३० जेठ, हेटौँडा । महिलालाई सीप मार्फत् आय–आर्जनमा जोड्नका लागि थाहा नगरपालिकाले ६ दिने प्रयोगात्मक सीपमूलक तालिम प्रदान गरेको छ ।
दामन चेली समाजको आयोजनामा तथा थाहा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा थाहाका २० जना महिला सहभागि भएका थिए । उनीहरुलाई साबुन, फिनेल र हार्पिक बनाउने तालिम प्रदान गरिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगरका प्रमुख बिष्णु बिष्टले परम्परागत तालिमभन्दा यस्ता तालिमले नयाँपन ल्याएको बताउनुभयो । तालिममा सहभागीलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तालिमका क्रममा उत्पादन भएका सामग्री नगरपालिकाको कार्यालय, सामुदायिक विद्यालय तथा स्वास्थ्य केन्द्रमा प्रयोग गर्न नगरपालिकाले पहल गर्ने बिश्वास दिलाउनुभयो । वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिनुभयो । उक्त अवसरमा महिलाहरुले बनाएका साबुन, हार्पिक र फिनेलको पनि समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो । दामन चेली समाजका अध्यक्ष राधिका रायमाझीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*