थाहामा रुपचन्द्र बिष्टको स्मृति दिवसको अवसरमा असार ७ गते सार्वजनिक बिदा
सोही दिन नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने
४ असार, हेटौँडा । थाहा नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट असार ७ गते सार्वजनिक गर्ने निर्णय गरेको छ ।
जेष्ठ २२ गते बसेको कार्यपालिका बैठकले रुपचन्द्र बिष्टको स्मृति दिवसको अवसर पारेर आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको नगर प्रवक्ता हिरेन्द्र कुमार रायमाझीले जानकारी दिनुभयो । असार ७ गते थाहा नगरपालिकाले सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ ।
स्मृति दिवसको दिन नगरपालिका मातहत रहेका कार्यालय, शैक्षिक संस्था बिदा दिने निर्णय गरेको हो । सोही दिन थाहा नगरपालिकाले आफ्नो आगामी बर्षको बजेट समेत प्रस्तुत गर्ने छ ।














